Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ


0
Shares

काठमाडौं । नेपाल सरकारका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई प्रहरीले नेपाल–भारत सीमा नजिकबाट नियन्त्रणमा लिएको छ ।

श्रमसचिवको जिम्मेवारीमा रहँदा मलेसियामा रोजगारीका लागि नेपाली कामदार पठाउने प्रक्रियामा अनियमितता गरेको र त्यसबापत गैरकानुनी रूपमा रकम उठाएको आरोप उनीमाथि छ ।

उक्त प्रकरणमा अनुसन्धान अघि बढाएको प्रहरीले केही दिनअघि नै अर्याललाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको थियो ।