५ बैशाख २०८१, बुधबार | Wed Apr 17 2024


नहरमा स्कुटर खस्दा एकजनाको मृत्यु, अर्का एकजना बेपत्ता


0
Shares

चितवन, भदौ १९ । स्कुटर नहरमा खस्दा एक जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । 

भरतपुर महानगरपालिका–७ तेह्रसाल चोकमा गएराति स्कुटर नहरमा खस्दा सोही महानगरपालिका–४ का ४७ वर्षीय भविश्वर भण्डारीको मृत्यु भएको हो । स्कुटरमा सवार अर्का एक व्यक्ति नहरमा बगेर वेपत्ता भएका छन् ।

उनको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

भरतपुरको पेन्सन क्याम्पबाट तेह्रसाल चोकतर्फ आउँदै गरेको ना३४प ९९४१ नम्बरको स्कुटर पुल तर्ने क्रममा नहरमा खसेको थियो । भण्डारीको शव नहरबाट ५० मिटर टाढा फेला परेको थियो भने बेपत्ता भएका व्यक्तिको खोजी भइरहेको छ । (रासस)