१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024


बाढीले घरवारविहीन भएका २४ परिवार १२ वर्षदेखि जंगलमा


0
Shares

डडेल्धुरा । बाढीले घरवारविहीन भएका डडेल्धुराको भित्रि मधेसका २४ परिवार १२ वर्षदेखि जंगलमा बस्दै आएका छन् ।

परशुराम नगरपालिकाको वडा नम्बर ५ का बाढी प्रभावितहरु १२ वर्षदेखि विभिन्न सामुदायिक तथा सरकारी वन क्षेत्रमा कष्टकर रुपमा बस्दै आएका हुन् ।

उनीहरुको पुनस्र्थापना अहिलेसम्म हुन सकेको छैन । २०६४ सालमा आएको बाढीले २ सय परिवारको घरखेत बगाएको थियो । तर २४ परिवार भने अझै जंगलमै बस्दै आएका छन् ।

शीर्ष खोलामा आएको बाढीले घरबारविहीन भएकाहरुले पुनस्र्थापनाको माग गर्दै आएका छन् ।

डडेल्धुराको भित्रि मधेस क्षेत्रमा प्रत्येक वर्ष रंगुन नदी, शीर्ष नदी तथा महाकाली नदीको बाढी र कटानको जोखिम मोल्दै आएका छन् ।

परशुराम नगरपालिकाका ९१ परिवारलाई २०६२ सालमा र ५९ परिवारलाई २०६५ सालमा पुस्र्थापना गर्ने निर्णय सरकारले गरेको भए पनि उनीहरुको अझै पुनस्र्थापना हुन सकेको छैन ।