बागलुङ, साउन ७ । बागलुङको गलकोट नगरपालिका–८, ज्यामिरेमा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १७ वर्षीया सीता गौतम छिन् । उनलाई मंगलबार बिहान गोठमाथिबाट झरेको पहिरोले पुरेको थियो । परिवारका अरु सदस्य भने घरमा रहेकाले सुरक्षित रहेको गलकोट नगरपालिका–८ का वडासदस्य पूर्णबहादुर विकले जनकारी दिए । गोठदेखि करिब २० मिटरमाथिबाट झरेको पहिरोले…