काठमाडौं । साउनको पहिलो सोमबार आज काठमाडौंको पशुपतिनाथलगायत देशभरका शिव मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । साउन महिनाको सोमबार विशेष गरी महिलाहरु ब्रत बस्ने गर्दछन् । सोमबारलाई भगवान शिवको लोकप्रिय बारको रुपमा समेत लिने गरिन्छ । सोही कारण यो दिन शिवालयमा पूजा, दर्शन एवं जल चढाउने परम्परा छ । काठमाडौंको हनुमानढोका स्थित महादेव मन्दिरमा पनि…