दैलेख, साउन ७ । कर्णाली राजमार्गअन्तर्गत् दैलेखको आठबिस नगरपालिका–५ मा मंगलबार बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सातजना घाइते भएका छन् ।
जुम्लाबाट काठमाडौं जाँदै गरेको ना५ख ७२४३ नम्बरको बस दुर्घटना हुँदा सोही ठाउँकी ३३ वर्षीया दिर्जा माझीको मृत्यु भएको हो ।
घाइतेहरुको दैलेखमा उपचार भइरहेको छ ।
बस घुम्तीबाट चिप्लेर सडकबाट करिब ६० मिटर तल खसेको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्