बागलुङ, साउन ७ । बागलुङको गलकोट नगरपालिका–८, ज्यामिरेमा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा १७ वर्षीया सीता गौतम छिन् । उनलाई मंगलबार बिहान गोठमाथिबाट झरेको पहिरोले पुरेको थियो ।
परिवारका अरु सदस्य भने घरमा रहेकाले सुरक्षित रहेको गलकोट नगरपालिका–८ का वडासदस्य पूर्णबहादुर विकले जनकारी दिए ।
गोठदेखि करिब २० मिटरमाथिबाट झरेको पहिरोले गोठमा रहेको एउटा लैनो भैसी, एउटा पाडो र दुईओटा बाख्रासमेत पुरिएका छन् ।









प्रतिक्रिया दिनुहोस्