काठमाडौं, भदौ ३० । सिंहदरबार परिसरभित्रबाट सोमबार दिउँसो ९ जना पत्रकार पक्राउ परेका छन् । रेडियो नेपालको कार्यालय परिसरबाट प्रहरीले ९ जनालाई पक्राउ गरेको हो । रेडियो नेपालको कार्यलयमा तलाबन्दी गर्ने पूर्वनिर्धारित् कार्यक्रमअनुसार कार्यलयअघि पुगेका पत्रकारहरुलाई पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहाल, पत्रकार महासंघका केन्द्रीय सदस्यहरु जन्मदेव जैशी, मीन…