रसुवा, असोज १७ । रसुवाको सम्पदामार्गको थुमनबाट हराएका दुई विदेशी पर्यटकमध्ये नेदरल्यान्ड्सका २७ वर्षीय नागरिक थोमस वायरक्सको शव फेलापरेको छ । शुक्रबार टिमुरेबाट ३२ किमि उत्तरतर्फको गोसाइँकुन्ड गाउँपालिका–१, रिछर जंगलमा थोमसको शव फेलापरेको हो । करिब १५ दिनअघिदेखि हराएका थोमससँगै रहेका दक्षिण कोरियाका ४२ वर्षीय नागरिक सिसुङ चाङको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी…