विदेशी पर्यटकको शव फेला • Image Khabar Image Khabar


विदेशी पर्यटकको शव फेला


Imagekhabar
१७ आश्विन २०७६, शुक्रबार १९:५१

विदेशी पर्यटकको शव फेला

रसुवा, असोज १७ । रसुवाको सम्पदामार्गको थुमनबाट हराएका दुई विदेशी पर्यटकमध्ये नेदरल्यान्ड्सका २७ वर्षीय नागरिक थोमस वायरक्सको शव फेलापरेको छ ।

शुक्रबार टिमुरेबाट ३२ किमि उत्तरतर्फको गोसाइँकुन्ड गाउँपालिका–१, रिछर जंगलमा थोमसको शव फेलापरेको हो ।

करिब १५ दिनअघिदेखि हराएका थोमससँगै रहेका दक्षिण कोरियाका ४२ वर्षीय नागरिक सिसुङ चाङको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक भाग्येन्द्रपुरुष ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्