काठमाडौं, असोज १७ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पुरातात्विक सम्पदा एवं महत्वपूर्ण अभिलेखालयलाई सुरक्षित राख्न अझै महत्वपूर्ण कामहरु बाँकी रहेको बताएका छन् ।
राष्ट्रिय अभिलेखालयको ५२औं वार्षिकोत्वका अवसरमा शुक्रबार राजधानीमा गरिएको कार्यक्रममा उनले अभिलेखालयले आगामी दिनमा महत्वपूर्ण अभिभारा बोक्नुपर्नेमा जोड दिए ।
नयाँ पिंढीलाई पुरातात्विक महत्वका वस्तुबारे जानकारी गराउनुपर्ने र त्यस्ता वस्तुहरुको अन्तर्राष्ट्रिय परिचय गराउन राष्ट्रिय अभिलेखालयलाई आग्रह गरे ।
कार्यक्रमका अरु सहभागीहरुले उत्कृष्ट सभ्यता र संस्कृतिको धनी नेपालको विषयमा देशभित्र युवापुस्तालाई सुसूचित गर्नुपर्ने र विदेशमा प्रचार पनि गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशी र राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्