गलकोट, असोज २० । बागलुङ जिल्लाको पश्चिम क्षेत्रमा फोटो खिच्नेक्रममा खोलामा खसेर एक युवती आइतबार बेपत्ता भएकी छन् । जिल्लाको तमानखोला गाउँपालिका–४, लाम्मेला घर भइ हाल काठमाडौं बस्दै आएकी ३२ वर्षीया देवी सिर्पाली बडिगाड खोलामा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बुर्तिबाङको निर्माणाधीन लक्ष्मीकुन्ड घाट पुलदेखि करिब ३० मिटर तल खोलाको…