चितवनमा गैंडाको आक्रमणबाट एकजनाको मृत्यु • Image Khabar Image Khabar


चितवनमा गैंडाको आक्रमणबाट एकजनाको मृत्यु


Imagekhabar
२० आश्विन २०७६, सोमबार १०:०६

चितवनमा गैंडाको आक्रमणबाट एकजनाको मृत्यु

चितवन, असोज २० । चितवनमा गँंडाको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

कालिका नगरपालिका–४ बस्ने ७२ वर्षीय गोरे कुमालको गैंडाको आक्रमणबाट आइतबार साँझ मृत्यु भएको हो ।

रत्ननगर नगरपालिका–११ स्थित पञ्चकन्या सामुदायिक वनको पिकनिक स्पोटमा निउरो खोज्न गएका कुमाललाई गैंडाले आक्रमण गरेको थियो ।

उनको घटनास्थलमै मृत्यु भएको र शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्