१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


शक्तिपीठ राजदेवीमा प्रसाद चढाउन रातिदेखि नै भीड


0
Shares

जनकपुरधाम, असोज १९ । बडादसैंअन्तर्गत् आज महाअष्टमीका अवसरमा प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा प्रसाद चढाउन रातिदेखि नै हजारौं श्रद्धालु लाममा रहेका छन् ।

सो मन्दिरमा राति १२ बजेदेखि नै प्रसाद चढाउनेक्रम सुरू भएको हो ।

पूजा व्यवस्थापक एवं महावीर युवा कमिटीका अध्यक्ष सन्तोष साहकाअनुसार मध्याह्न १२ बजेसम्म प्रसाद चढाउने र महिलाले खोंइछ भर्नेछन् ।

प्रसाद र खोंइछ भर्नेक्रम सम्पन्न भएपछि मन्दिर सफा गरी साँझ हुने बोकाबलिको तयारी गरिने बताइएको छ ।

त्यस्तै, यहाँको विद्यापति चोक, रामानन्द चोक, भ्रमरपुरा चोकमा बनाइएको दुर्गा प्रतिमास्थलमा पनि रातिदेखि नै खोंइछ भर्ने महिलाहरू लाममा लागेका छन् ।

विद्यापति चोकको दुर्गा मन्दिरमा खोंइछ भर्ने महिलाको सबैभन्दा लामो लाम देखिएको छ ।

सो मन्दिरमा रातिदेखि नै खोंइछ भर्ने श्रद्धालु महिलाको भीड रहेको जनाइएको छ । रासस