काठमाडौं, असोज १८ । नेपाल प्रहरीले महाअष्टमीदेखि विजयादशमीसम्म निःशुल्क बस सन्चालन गर्ने भएको छ । प्रहरी प्रधान कार्यालयले दसैंमा यात्रीको सहजताका लागि उपत्यकाका दुई रुटमा बस सन्चालन गर्न लागेको हो । बिहान ११ः०० देखि अपराह्न ४ः०० बजेसम्म सन्चालन गर्ने बस सेवामा रुट नम्बर–१ मा नक्साल, जयनेपाल हल, दरबारमार्ग, रत्नपार्क, नागस्थान, त्रिपुरेश्वर, कालीमाटी, कलंकी, बल्खु, एकान्तकुना,…