काठमाडौं, असोज १८ । नेपाल प्रहरीले महाअष्टमीदेखि विजयादशमीसम्म निःशुल्क बस सन्चालन गर्ने भएको छ ।
प्रहरी प्रधान कार्यालयले दसैंमा यात्रीको सहजताका लागि उपत्यकाका दुई रुटमा बस सन्चालन गर्न लागेको हो ।
बिहान ११ः०० देखि अपराह्न ४ः०० बजेसम्म सन्चालन गर्ने बस सेवामा रुट नम्बर–१ मा नक्साल, जयनेपाल हल, दरबारमार्ग, रत्नपार्क, नागस्थान, त्रिपुरेश्वर, कालीमाटी, कलंकी, बल्खु, एकान्तकुना, जावलाखेल, पुल्चोक, कुपन्डोल, माइतीघर र पुतलीसडक छन् ।
यस्तै रुट नम्बर–२ मा मैतीदेवी, गौशाला, कोटेश्वर, तीनकुने, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, नागस्थान, जमल, लैनचौर, लाजिम्पाट, नारायणगोपालचोक, बालुवाटार छन् ।
प्रहरीले चाडपर्वका समयमा यात्रीको सहजताका लागि दुई बस सन्चालन गर्न लागेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्