जिपले स्कुटरलाई ठक्कर दिँदा दुईजनाको मृत्यु • Image Khabar Image Khabar


जिपले स्कुटरलाई ठक्कर दिँदा दुईजनाको मृत्यु


Imagekhabar
१८ आश्विन २०७६, शनिबार १४:५३

जिपले स्कुटरलाई ठक्कर दिँदा दुईजनाको मृत्यु

पोखरा, असोज १८ । पोखरामा सवारी दुर्घटनामा परी शनिबार बिहान दुईजनाको मृत्यु भएको छ ।

पोखरा उपमहानगरपालिका–२६, सुन्दरीबजारमा ग२च ९९५० नम्बरको बोलेरो जिपले ग१५प ४३८० नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा स्कुटरचालक पोखरा–३०, शिशुवाका २५ वर्षीय हिमाल गुरूङ र स्कुटरमा पछाडि सवार २३ वर्षीय रक्ष गुरुङको ज्यान गएको प्रहरीले जनाएको छ ।

विजयपुरतर्फ आउँदै गरेको उक्त जिपले विपरीत दिशातर्फ जाँदै गरेको स्कुटरलाई ठक्कर दिएको हो ।

बिहान करिब ५ बजेतिर दुर्घटना भएको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएका गुरुङद्वयलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

अस्पतालले उनीहरुलाई बिहान ५ बजेर ४० मिनेटमा मृत घोषणा गरेको जिल्ला ट्राफिक कार्यालय कास्कीले जानकारी दिएको छ ।

प्रहरीले उक्त जिप र जिपका चालक भरतपोखरीका ३० वर्षीय दीपक नेपालीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्