
काठमाडौं, असोज १८ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुखबाट राजकुमार क्षेत्रीलाई हटाइएको छ ।
महाप्रबन्धक राजकुमार क्षेत्रीलाई नेपाल नागरिक उडड्यन प्राधिकरणको सचिवालयमा तानिएको हो ।
क्षेत्रीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको निर्देशनमा प्राधिकरण सरुवा गरिएको जनाइएको छ ।
प्राधिकरणले विमानस्थल कार्यालयका वरिष्ठ सहायक प्रमुख सुरेशमान सिंहलाई निमित्त महाप्रबन्धकको जिम्मेवारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्