नाका बन्द हुँदा नेपाली मर्कामा • Image Khabar Image Khabar


नाका बन्द हुँदा नेपाली मर्कामा


Imagekhabar
१८ आश्विन २०७६, शनिबार १५:३३

नाका बन्द हुँदा नेपाली मर्कामा

कन्चनपुर, असोज १८ । भारतको उत्तराखन्डका विभिन्न क्षेत्रमा भइरहेको स्थानीय चुनावका कारण बडादसैंमा घर फर्कने नेपालीहरु समस्यामा परेका छन् ।

चुनावका कारण सीमानाका बन्द हुँदा नेपालीहरु मर्कामा परेका हन् ।

भारतले शुक्रबार रातिदेखि शनिबार बेलुका ६ बजेसम्मका लागि पश्चिमी सीमानाका बन्द गरेको जिल्ला प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ ।

यात्रीहरुलाई भारतबाट नेपाल आउन रोक नलगाइएको दाबी गर्दै प्रहरीले भारत प्रवेशमा मात्रै रोक लगाएको जनाएको छ ।

यता, सीमा बन्दको फाइदा उठाउँदै भारतीय सवारी–साधनले नेपालीलाई दुःख दिन थालेका छन् ।

तोकिएकोभन्दा बढी भाडा रकम असुल्ने र आधा बाटोमै छाड्ने गरेको यात्रीहरुको गुनासो छ ।

दसैंका लागि कन्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकीबाट दैनिक दुई/तीन हजार बढी नेपाली भित्रिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्