३० असार २०८२, सोमबार | Tue Jul 15 2025


सी जिनपिङको आसन्न भ्रमणको तयारी तीव्र


0
Shares

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङको आसन्न भ्रमणको तयारी तीव्र पारिएको छ ।

भ्रमणको औपचारिक मिति सार्वजनिक नगरिएपनि सीको औपचारिक भ्रमणको तयारी भने भइरहेको छ ।

दसैं लगत्तै हुने अनुमान गरिएको राष्ट्रपति सीको भ्रमणका लागि काठमाडौंका विभिन्न सडक मर्मत गरिएको छ ।

सरकारले विशिष्ट पाहुनाको भ्रमणका क्रममा शान्ति सुरक्षाको व्यवस्था मिलाउन भन्दै गृह मन्त्रालयसहित चारै वटा सुरक्षा निकायलाई भ्रमणको तयारीमा लगाएको हो ।

सरकारको विशिष्ट निकाय, गृह मन्त्रालय, विभिन्न सुरक्षा निकाय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, प्रशासनिक निकाय, विकासका साझेदारलगायत सबै निकायमा यतिबेला राष्ट्रपति सी भ्रमणको तयारीमा जुटेको बताइएको छ ।

बडादसैंको अवधि भए पनि यस पर्वको अघि र पछि तयारी अवस्थामा बस्न कर्मचारीलाई निर्देशन दिइएको छ ।

उच्चस्तरीय भ्रमणका लागि हुने सहमतिका कार्यसूचीबारे छलफल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।