२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पोखरामा बस दुर्घटना, ३० यात्री घाइते


0
Shares

पोखरा, असोज १७ । पोखरा महानगरपालिका–३१, बेगनासको त्रिशूली डाँडामा बिहीबार बस दुर्घटना भएको छ ।

बेगनासबाट पोखरा आउँदै गरेको ग१ख ४७७१ नम्बरको बस सडकबाट झन्डै ६० फिट तल खसेको हो ।

इलाका प्रहरी कार्यालय शिशुवाका प्रमुख मोहन खाँणकाअनुसार दुर्घटनाबाट बसमा सवार करिब ३० जना यात्री घाइते भएका छन् ।

घाइतेलाई पोखराका विभिन्न अस्पतालमा उपचारका लागि लगिसकिएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस