नारायण ढुंगाना (रासस) काठमाडौं, पुस १२ । शुक्रबार राति ९ बजे महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल (डीआइजी)सहितको टोली सडक अनुगमनमा थियो । टोलीमा काठमाडौं महानगरपालिका, मानवसेवा आश्रम, प्रहरी, पत्रकार र विभिन्न संघ–संस्थाका प्रतिनिधिहरु सहभागी थिए । काठमाडौंको कमलादीस्थित गणेश मन्दिरनजिक सडकछेउमा बन्दोबस्तीको ओढ्ने–ओछ्याउनेसहित एक दम्पती सुत्ने तरखरमा थिए । चिसोका कारण…