काठमाडौं, पुस ११ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले विकास निर्माणसँग सम्बन्धित विवादहरु पनि अदालतमा आएकाले अदालतले त्यस्ता विवादहरुलाई प्राथमिकताका साथ निरुपण गरिरहेको बताएका छन् ।
शुक्रबारदेखि राजधानीमा सुरु भएको कानुन र विकाससम्बन्धी राष्ट्रिय सम्मेलनमा उनले अदालतमा आउने गरेका त्यस्ता विवादको प्रभावकारी व्यवस्थापन गर्न अनुसन्धान पनि गरिरहेको बताए ।
प्रधानन्यायाधीश राणाले आर्थिक समृद्धि नेपालीको आकांक्षा भएको भन्दै समृद्धि प्राप्तीका लागि कानुन र विकाससम्बन्धी अवधारणाको उचित संयोजन र प्रयोग महत्वपूर्ण रहेको बताए ।
विकास र आर्थिक समृद्धिको विषयमा न्यायपालिकाको भूमिका पनि संवेदनशील हुने उनले उल्लेख गरे ।
कानुन विकासमैत्री हुन आवश्यक : अध्यक्ष शर्मा
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले कानुन नभइ विकासको फल आमनागरिकको पहुँचमा नपुग्ने भन्दै आवश्यक कानुन निर्माण गर्नुपर्ने बताए ।
उनले संविधानमा नै विकासमैत्री भएको भन्दै उनले कानुन पनि विकासमैत्री हुन आवश्यक रहेको बताए ।
अध्यक्ष शर्माले देश विकास र आर्थिक समृद्धिका लागि हाल नेपाललाई ठूलो अवसर रहेको तर सरकार त्यसतर्फ अघि बढ्न नसकेको धारणा राखे ।









प्रतिक्रिया दिनुहोस्