Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


काठमाडौंको तापक्रम ०.६ डिग्रीमा झर्‍यो, वर्षकै कम


0
Shares

काठमाडौं, पुस १२ । शनिबार काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम यो वर्षकै कम मापन गरिएको छ ।

शनिबार बिहान पौने ६ बजे काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम ०.६ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

शुक्रबार काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम १.२ डिग्री थियो ।

यस्तै, गएको बिहीबार काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम ०.९ डिग्री सेल्सियस मापन गरिएको थियो ।

अपडेट

सो महाशाखाले शनिबार बिहान पौने ९ बजे देशका विभिन्न क्षेत्रको न्यूनतम् तापक्रमसम्बन्धी जानकारी सार्वजनिक गरेको छ ।