Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


मेडिकल कलेजहरुमा भर्ना प्रक्रिया सुरु गराउन चिकित्सा शिक्षा आयोगको निर्देशन


0
Shares

काठमाडौं, पुस ११ । चिकित्सा शिक्षा आयोगले विभिन्न संकायमा स्नातक तहमा भर्ना प्रक्रिया सुरु गर्न विश्वविद्यालय र प्रतिष्ठानहरुलाई निर्देशन दिएको छ ।

आयोगले शुक्रबार एक विज्ञप्ति जारी गरी त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालयअन्तर्गत्का निजी मेडिकल कलेज तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस, बीडीएस, नर्सिङलगायतका संकायमा भर्ना प्रक्रिया सुरु गराउन निर्देशन दिएको हो ।

आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले छात्रवृत्ति छनोटको सम्पूर्ण जिम्मा शिक्षा मन्त्रालयलाई दिइएको भन्दै छात्रवृत्तिबाहेकका कोटामा विद्यार्थी भर्ना प्रक्रिया सुरु गराउन निर्देशन दिएको जानकारी दिए ।

छात्रवृत्तिमा मन्त्रालयले नै विद्यार्थी छनोट गरी पठाउने हुँदा अरु सिटमा मन्त्रालयसँग समन्वय गरी भर्ना प्रक्रिया सुरु गराउन आग्रह गरिएको छ ।

यस्तै, चिकित्साशास्त्र अध्ययन संस्थान र त्यसअन्तर्गत्का आंगिक कलेज र प्रतिष्ठानहरुमा ७५ प्रतिशत छात्रवृत्ति कोटा छुट्याइएको छ ।

विद्यार्थीहरुको आन्दोलनका कारण एमबीबीएस र बीडीएसलगायत संकायका भर्ना प्रक्रिया केही ढिलो सुरु हुन लागेको हो ।