हेटौंडा, पुस ११ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ओखरेडाँडामा यात्रीवहाक जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा एक महिला र दुई पुरूष छन् । सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
चन्द्रनिगाहपुरबाट काठमाडौंतर्फ जाँदै गरेकोे ना१ज ३४३३ नम्बरको टाटासुमो शुक्रबार मध्याह्न १२ बजेतिर सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटना भएको हो ।
जिपमा सवार अरु ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेलाई उपचारका लागि काठमाडौं लगिएको छ ।
दुर्घटनाको कारण खुलिसकेको छैन ।









प्रतिक्रिया दिनुहोस्