सुर्खेत, पुस २१ । वीरेन्द्रनगर नगरपालिका–२ कोलडाँडा नयाँबस्तीमा घरभित्र निस्सासिएर एक महिलाको मृत्यु भएको छ । कोइला बालेर सपरिवार सुतिरहेको अवस्थामा चन्द्रा कामीको आइतबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चन्द्राका पति हरिबहादुर कामीको कोहलपुर मेडिकल कलेजको सघन उपचार कक्ष तथा छोरी विमलाको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।…