Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


सूचना प्रविधि विधेयक तत्त्काल फिर्ता लिन अन्तर्राष्ट्रिय पत्रकार महासंघको सरकारलाई आग्रह

काठमाडौं, पुस २२ । अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईइफजे) ले हाल संसदमा रहेको सूचना प्रविधि विधेयक तत्त्काल फिर्ता लिन नेपाल सरकारलाई आग्रह गरेको छ । आईएफजेका महासचिव एन्थोनी बेलान्गरले विवादास्पद विधेयक फिर्ता लिई प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता हुने गरी वृहत्तर छलफल गरी नयाँ शिराबाट विधेयकको काम अगाडी बढाउन नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् । …