डडेल्धुरा । महिना भित्रै दोस्रो पटक भारी हिमपात भएपछि सुदूरपश्चिमको डडेल्धुरासहित पहाडी जिल्लाहरुको जनजीवन कष्टकर बनेको छ ।
यही मंसिर २७ गते र पुस १८ गते सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा भारी हिमपात भएको थियो । हिमपातसँगै कृषि लागि राम्रो भएपनि चिसो बढे सँगै जनजीवन भने कष्टकर भएको हो ।
अहिले यस क्षेत्रमा परेको हिउँ पूर्ण रुपमा पग्लिन सकेको छैन । जसले चिसो झनै बढाएको छ । सुदूरपश्चिमको पहाडी क्षेत्रमा हिउँदे हिमझरीले सदरमुकामलगायत ग्रामीण क्षेत्रका बाटोघाटोहरु हिलाम्य भएर यातायातका साधनहरु पनि प्रभावित भएका छन् ।
जाडो बढेपछि चिसोबाट बच्न स्थानीयहरु ठाउँ ठाउँमा आगो तापेर दिन कटाइरहेका छन् । हिमपात र झरीले मानवीय गतिविधिहरु कष्टकर हुँदा छाडा चौपायालाई आश्रयको समस्या भएको छ ।









प्रतिक्रिया दिनुहोस्