
काठमाडौं । सोमबार दिउँसो बाट नेपाल प्रवेश गरेको पश्चिमी न्युन चापीय प्रणालीका कारण मंगलबार काठमाडौं लगायत देशभर चिसो बढेको छ ।
मौसममा आंशिक बदलि रही पश्चिमी उच्च हिमाली भूभागमा हिमपात तथा पश्चिमी पहाडी भूभागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
यस प्रणालीका कारण बुधबार पनि देशका धेरै स्थानहरुमा बदलि रही उच्च हिमाली भूभागमा भारी हिमपात तथा पहाडी र तराईका केहि स्थानहरुमा वर्षाको सम्भावना छ ।
यो प्रणाली शुक्रबार सम्मनै रहनेछ। बिहिबार र शुक्रबार देशभर सामान्य बदलि रही उच्च हिमाली भूभागमा हिमपात हुनसक्ने तथा केहि स्थानहरुमा वर्षा हुन सक्ने हुँदा चिसो बढ्ने हुनाले सतर्क रहन महाशाखाले सबैमा अनुरोध गरेको छ ।
शनिबार बाट मौसममा सुधार देखिनेछ।
प्रतिक्रिया दिनुहोस्