Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


गोरखाबाट सुरु भएको सेनाको एकीकरण पदयात्रा टर्च र्‍याली नुवाकोट आइपुग्यो


0
Shares

नुवाकोट, पुस २१ । नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटोमा नेपाली सेनाको टोलीले सुरु गरेको पदयात्राको टर्च र्‍याली नुवाकोट आइपुगेको छ ।

यही पुस १९ गते गोरखाबाट सुरु भएको र्‍याली धादिङ, नुवाकोट हुँदै पुस २६ गते काठमाडौं जानेछ ।

पुस २७ गते पृथ्वी जयन्तीको दिन सिंहदरबारअगाडि हुने कार्यक्रममा सो र्‍याली सहभागी हुने कार्यक्रम रहेको छ ।

जंगीअड्डाको निर्देशनअनुसार एकीकरण टर्च र्‍याली गरिएको हो ।

गोरखाबाट टर्च र झन्डा बोकेर हिँडेको सेनाको टोलीले धादिङको सैनिक टोलीलाई टर्च र झन्डा हस्तान्तरण गरेको थियो भने उक्त टोलीले नुवाकोटमा रहेको सैनिक टोलीलाई हस्तान्तरण गरेको थियो ।

नुवाकोटको सैनिक टोलीले टर्च र झन्डा काठमाडौं पुर्‍याइ काठमाडौंमा अर्को टोलीलाई हस्तान्तरण गर्नेछ ।

सेनाले ऐतिहासिक पदमार्ग पहिचान, विकास र संरक्षणमा सहयोग गर्ने तथा नेपाल भ्रमण वर्ष २०२० मा उक्त पदमार्गमा पर्यटक र पदयात्री पुर्‍याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको हो ।