Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


युवतीको शव फेला, हत्याको आशंका


0
Shares

प्रकाश मैनाली (इमेज)

सर्लाही, पुस २१ । सर्लाहीमा एकजना युवतीको शव फेलापरेको छ ।

सोमबार वाग्मती नगरपालिका–५, टेकानीमा अन्दाजी २५ वर्षीया पूर्णिमा मोक्तान मृतावस्थामा भेटिएकी हुन् ।

वाग्मती–५, मोक्तानटोलकी उनी तीन दिनअघि घरबाट हराएकी थिइन् । खोजी गर्नेक्रममा शव फेलापरेको हो ।

जंगलमा खाल्डो खनेर परालले पुरिएको अवस्थामा उनको शव फेलापरेको प्रहरीले जनाएको छ ।

शवको प्रकृति हेर्दा हत्या गरिएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले बताए ।

शव ‘पोस्टमार्टम’का लागि जिल्ला अस्पताल मलंगवा पठाइएको उनले जानकारी दिए ।

घटना सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।