Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


६० लाख लगानीमा गुम्बा निर्माण


0
Shares

तेह्रथुम । तेह्रथुममा मालिङ गुम्बा निमार्ण गरिएको छ । बौद्ध धर्मावलम्बीहरुको भाषा, धर्म, कला तथा संस्कृति संरक्षण गर्ने उद्देश्यले तेह्रथुमको छथर गाउँपालिका १ आङदिम डङडङेमा मालिङ गुम्बा निमार्ण गरिएको हो ।

गुम्बामा बौद्धधर्मावलम्बीहरुको कला, संस्कृती, वेद तथा बौद्ध धर्मावलम्बीको पुरात्विक वस्तुहरु र धर्मग्रन्थ संरक्षण गरेर राखिने बताइएको छ ।

छथर गाउँपालिकाले चालु आर्थिक वर्षमा ५ लाख र संघीय सांसद निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रमअन्तर्गतको १० लाख रुपैयाँ गरी १५ लाख रकम विनियोजन भइ काम भइरहेको छथर गाउपालिका अध्यक्ष सन्तवीर लिम्बुले जानकारी दिनुभयो ।

करिब ६० लाख लगानीमा निमार्ण गर्न लागिएको गुम्बाले यस क्षेत्रको पर्यटन विकासमा टेवा पुग्ने बताइएको छ ।