१ फाल्गुन २०८१, बिहिबार | Fri Feb 14 2025


सुदूरपश्चिममा हिउँमा रमाउँदैं पर्यटक (फोटो)


0
Shares

-विराज रोस्यारा/ ईमेज 

कैलाली । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा हिमपात भएसँगै हिउँ खेल्ने जाने पर्यटकहरुको ओइरो नै लागेको छ । वर्षा भएसँगै केही दिनयता भएको हिमपातमा रमाउन आन्तरिक र भारतीय पर्यटकहरु बढी देखिएका छन् ।

सदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको हगुल्टे लेक र वरपरका क्षेत्रमा भारी हिमपात भएपछि हिउँमा रमाउनका लागि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ ।

हिउँ खेल्न पुग्नेमा सबैभन्दा धेरै सुदुरपश्चिमबाट नजिकका भारतको उत्तर प्रदेश क्षेत्रका नागरिक छन् । हिमपात भएसँगै उक्त क्षेत्रमा पर्यटकको आवागमन ह्वात्तै बढेको छ ।

परिवारसहित अहिले अधिकांश भारतीय नागरिक डडेल्धुराको हगुल्टे लेकमा भेटिने गरेका छन् । साहुँखर्क, मेलखर्क र हगुल्टे लेक क्षेत्रमा हिउँ खेल्नको लागि दैनिक ३ सय देखि ५ सय जना आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।

धनगढीबाट हिउँ खेल्न पहाडी क्षेत्र पुगेका स्थानीयहरुले सरकारले यस क्षेत्रलाई प्रचार प्रचार गर्न सके नेपाल भ्रमण वर्ष २०२० को लक्ष्य पूरा हुने सुझाव दिन्छन् ।

सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लामा दोस्रो पटक भारी हिमपात भएको हो । हगल्टे लेकसहित डडेल्धुरा सदरमुकाम र बैतडीमा तीन फिट भन्दा बढी हिउँ परेको छ ।

धनगढीबाट १ सय २५ किलोमिटरको पक्की सडकको यात्रा गरेपछि हिउँ हेर्न पाइन्छ । भ्रमण वर्ष समेत चलिरहेको अवस्थामा सरकारले सुदूरपश्चिमका यस्ता स्थानहरुको प्रचार गर्न सके भ्रमण बर्षलाई पक्कै टेवा पुग्ने देखिन्छ ।