सञ्चिता घिमिरे (रासस) काठमाडौं, माघ २४ । ललितपुर सुनाकोठीकी समता महर्जन दैनिक सार्वजनिक यातायातबाट ओहोरदोहोर गरछिन् । कलेज जाँदा र कार्यालय जाँदा सार्वजनिक यातायातमा तोकिएको भाडादरभन्दा बढी भाडा तिर्नुपरेको उनको अनुभव छ । सरकारले न्यूनतम भाडादर रु. १४ तोकेको भए पनि उहाँ त्योभन्दा कम दूरी यात्रा गर्दा रु. १५ तिर्ने गरेकी छन् । सहचालकलाई ‘किन…