Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


डा. केसीविरुद्धको अदालतको अपहेलना मुद्दा सर्वोच्चद्वारा खारेज


0
Shares

काठमाडौं, माघ २३ । डा. गोविन्द केसीविरुद्ध दायर अदालतको अपहेलनासम्बन्धी मुद्दा सर्वोच्च अदालतले खारेज गरेको छ ।

चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) डीनमा प्रा. डा. शशी शर्मालाई सर्वोच्च अदालतले पुनर्बहाली गरेपछि केसीले फैसलाको आलोचना गरेको भन्दै केसीविरुद्ध मुद्दा परेको थियो ।

न्यायाधीशहरु दीपकुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र प्रकाशमान सिंह राउतको पूर्ण बृहत् इजलासले बिहीबार केसीविरुद्धको मुद्दा खारेज गरेको हो ।

अदालतको आदेशविरुद्ध अनशनसमेत बसेका केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीले पदीय मर्यादाविपरीत ‘माफियाको मतियार’का रुपमा काम गरेको भन्दै आलोचना गरेका थिए ।

केसी अनशन बस्दा सर्वोच्च प्रशासनले अपहेलना मुद्दा चलाएर अनशनस्थलबाटै पक्राउ गरेको थियो ।

पक्राउ परेको तीन दिनपछि डा. केसीलाई साधारण तारेखमा रिहा गरिएको थियो ।