कास्की । पोखराको कोठेडाँडामा चितुवाको आक्रमणबाट एक बालिकाको ज्यान गएको छ ।
पोखरा लेखनाथ महानगरपालिका -३२ मा सात वर्षीय पुजा बिकको गएराति चितुवाको आक्रमणमा ज्यान गएको हो ।
पुजा दीपक बिक र अप्सरा बिककी छोरी हुन् । उनी चन्द्र ज्योति स्कुलमा कक्षा तीनमा अध्ययनरत थिइन् ।









प्रतिक्रिया दिनुहोस्