
सर्लाही । गैर बजारमा लामो समयदेखि सडक कालोपत्रेको काम रोकिँदा स्थानीय मारमा परेका छन् ।
झण्डै २६ किलोमिटर नवलपुर–मलङ्गवा सडक अन्तर्गत कविलासी नगरपालिकाको गैर बजारमा मात्रै अब छ सय मिटर सडक कालोपत्रे हुन बाँकी छ ।
महिनौँदेखि कालोपत्रेको काम अलपत्र छाँडिदा सडक छेउछाउका नागरिक र यात्रुहरु धूलोको मारमा परेका हुन् ।
स्थानीयले सडक दायाँबायाँ पानी निकास हुने नाला निर्माण गरेर मात्रै काम अघि बढाउन माग गरेपछि कालोपत्रेको काम अघि बढ्न नसकेको हो ।
कविलासी नगरपालिकाका प्रमुख कौशलकिशोर रायले सडक कालोपत्रे नहुँदा गैर बजारका बासिन्दाले निकै सास्ती खेपिरहेको जानकारी दिए ।
स्थानीयबाट पटक–पटक अवरोध भएपछि नाला निर्माण गरेर मात्रै सडक कालोपत्रेको काम अघि बढाउने सहमति भएको छ ।
सुरुमा ठेकेदारसँग सम्झौता हुँदा स्थानीयले माग गरे अनुसार व्यवस्थित नाला निर्माण गर्ने उल्लेख नभएका कारण गैर बजार खण्डमा सडक कालोपत्रेको काम अघि बढ्न नसकेको हुलाकी सडक कार्यालय जनकपुरका प्रमुख राजेन्द्रप्रसाद दासले बताए ।
उनले स्थानीयको माग अनुसार नै नाला निर्माण गर्न मन्त्रालयसँग स्वीकृत माग गरिएको बताए ।
प्रतिक्रिया दिनुहोस्