Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


पोखरामा होलीमा रमाए विदेशी पर्यटक

पोखरा, फागुन २६ । पोखरामा विदेशी पर्यटकले पनि होली मनाएका छन् । ‘कोरोना’ संक्रमितको जोखिम बढेपछि विगतमा जस्तो रौनक नभएपनि पर्यटकीय क्षेत्र लेकसाइडमा जम्मा भएका विदेशी पर्यटकले आपसमा रङ दलेर रमाइलो गरेका हुन् । पहिलोपटक नेपाल आएका चिनियाँ र जर्मनीका पर्यटक होली खेल्दा निकै खुसी लागेको बताउँछन् ।