४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025


१५ दिने मिथिला मध्यमा परिक्रमा आज सम्पन्न


0
Shares

जनकपुर । १५ दिने मिथिला मध्यमा परिक्रमा आज सम्पन्न भएको छ ।

मिथिलाको ’महाकुम्भ’ मानिने परिक्रमाका सहभागिहरुले आज अन्तिम दिन जनकपुर नगर क्षेत्रको परिक्रमा गरेका थिए ।

फागुन शुक्ल प्रतिपदादेखि शुरु भई फागुन पूर्णिमासम्म गरिने यो परिक्रमामा भक्तजनहरुले नेपाल भारतको विभिन्न १५ स्थानको १५ दिनसम्म पैदल हिंड्ने गर्छन् ।

यो परिक्रमा गर्नाले मनले चिताएको प्राप्त हुने जनविश्वास छ । परिक्रममा नेपाल भारतका विभिन्न मठ मन्दिरमा डोलासहित भक्तजनहरुको सहभागिता रहने गरेको छ ।

परिक्रमामा सहभागीहरुले १५ दिनका लागि चाहिने खाद्यान्नलगायतका सामग्री आफै लिएर हिंड्ने गर्छन ।

हरेक वर्ष हुने परिक्रमामा नेपालतर्फ १ सय ५ र भारतमा २८ किलोमिटर गरी १ सय ३३ किलोमिटर दूरी पूरा गर्ने गर्दछन् ।