
जनकपुर, फागुन २६ । धनुषासहित मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लास र धुमधामका साथ मनाइने फागुको पर्वमा विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।
यसअन्तर्गत जनकपुरमा सोमबार महामूर्ख सम्मेलन आयोजना गरिएको छ । सम्मेलनबाट राजनीति र साहित्यमा विशिष्ट योगदान पुर्याएकालाई महामूर्खको उपाधिबाट सम्मानित गरिँदै छ ।
होलीको पूर्व सन्ध्यामा जनकपुरधाममा हिजो (आइतबार) शुरु भएको दुई दिने मिथिला होली महोत्सवको रौनकमा मानिहरु रमाइलो गरिरहेका छन् ।
विगतका वर्षमा जस्तै यस वर्ष पनि नाट्यकला परिषदले होली महोत्सव आयोजना गरेको हो । महोत्सवमा होलीसँग सम्बन्धित मैथिली भाषाका लोकगीत र जोगिरा गायन गरिएको छ ।
महोत्सवमा जिल्लाका ६ वटा होरैया टीमले सहभागिता जनाएका थिए । यसैबीच मिथिला मध्यमा परिक्रमा समेत जनकपुर आइपुगेको छ ।
प्रतिक्रिया दिनुहोस्