३० माघ २०८१, बुधबार | Wed Feb 12 2025


तीन करोड बढी लागतको खानेपानी ट्रिटमेन्ट प्लान्ट प्रयोगमै नआई चुहियो


0
Shares

इलाम । इलाम नगरपालिकामा निर्माण गरिएको खानेपानी ट्रिटमेन्ट प्लान्ट प्रयोगविहीन भएको छ ।

बजारमा स्वच्छ खानेपानी आपुर्ति गर्नका लागि इलाम नगरपालिका ४ चारखाँदेमा निर्माण भएको खानेपानी ट्रिटमेन्ट प्लान्ट बिग्रिएको हो ।

नेपाल सरकारको तीन करोड ५८ लाख रुपैयाँमा निर्माण भइ पटक पटक लाखौं खर्चेर मर्मत गरिएको ट्रिटमेन्ट प्लान्ट निर्माणाधीन साना शहरी खानेपानी आयोजनाले विस्थापित गर्ने भएको छ ।

करोडौं खर्च गरेर बनाइएको संरचना पानी चुहावटका कारण संचालनमा नआएकाले नयाँ निर्माण गर्नुपर्ने आवश्यकता देखिएको साना शहरी खानेपानी निर्माण उपभोक्ता समितिका सचिव तिलक ठकुरी बताउँछन् ।

आठ वर्ष अगाडि निर्माण भएको इलाम खानेपानी गुणस्तर सुधार आयोजना तत्कालिन खानेपानी तथा सरसफाई डिभिजन कार्यालयअन्तर्गत निर्माण भएको थियो ।

२०७२ सालको भूकम्पका कारण पानीको चुहावट भएकाले जापानी सहयोग नियोग जाइकाको सहयोगमा दुई पटक मर्मत गरिएको थियो ।

साना शहरी आयोजना निर्माणसँगै क्षमता धान्न नसक्ने भएकाले यो आयोजनामा रहेको संरचना भत्काउन थालिएको छ ।