काठमाडौं, फागुन २७ । ट्राफिक प्रहरीले कोटेश्वर–कलंकी सडकखन्डमा गुड्ने सवारी–साधनलाई नयाँ नियम लागू गर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी आगमनलाई सहज बनाउँदै दुर्घटना न्यूनीकरणका लागि चैत २ गतेदेखि लागू गर्नेगरी नयाँ नियम ल्याउन लागेको हो । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले सार्वजनिक तथा मालवाहक कम गतिमा गुड्ने सवारी–साधनलाई सडकको बायाँ…