Logo २० असार २०८३, शनिबार | Sun Jul 5 2026


दाङमा होलीको चहलपहल घट्यो


0
Shares

तुलसीपुर, फागुन २७ । दाङमा ‘कोरोना’को त्रासका कारण होलीमा चहलपहल घटेको छ ।

विगतमा होली आउन एक साताअघिदेखि चहलपहल हुने गरेपनि यस वर्ष कोरोनाको त्रासले चहलपहल घटेको हो ।

स्थानीय प्रशासनले सार्वजनिक कार्यक्रम गरेर होली नखेल्न आग्रह गरेको थियो ।

होलीको चहलपहल कम भएपछि रङको व्यापारसमेत घटेको छ ।

यता, स्थानीय भने गत वर्षका होलीजस्तो रमाइलो नभएपनि होलीलाई रमाइलो बनाउने प्रयास गरेको बताउँछन् ।