-मानबहादुर वली/ इमेज सुर्खेत । सरकारी जग्गामा भएको अतिक्रमण हटाउने अभियानअन्तर्गत जिल्ला प्रशासन कार्यालय सुर्खेतले महिला प्रशिक्षण केन्द्रको अस्थायी शिविरमा बस्दै आएका बाढीपीडितलाई जग्गा खाली गर्न निर्देशन दिएको छ । पाँच वर्षअघिको बाढीबाट विस्थापित पीडितहरुले प्रशासनको निर्देशनपछि सहाराविहीन भएको गुनासो गरेका हुन् । २०७१ सालको साउनमा वीरेन्द्रनगरको इत्राम खोलाको बाढीले एक हजार ४५ घरपरिवार विस्थापित…