Logo २० असार २०८३, शनिबार | Sun Jul 5 2026


कमलानदीको कटानले हजारौं हेक्टर उर्वर जमिन बगरमा परिणत


0
Shares

सिन्धुली । कमलानदीको कटानले गर्दा स्थानीय पीडित बनेका छन् ।

सरकारी निकायले कमलानदी नियन्त्रणका लागि प्रभावकारी कदम नचाल्दा स्थानीयको हजारौं हेक्टर उर्वर जमीन खेर गएको छ ।

सिन्धुलीको चुरे र भावर वन क्षेत्रमा दोहन र अतिक्रमण बढेपछि वर्षा याममा कमलानदीमा आउने बाढीले खेतीयोग्य जमीनहरु कटानमा परेका छन् ।

वर्षेनी खेतीयोग्य जमिन बगरमा परिणत हुन थालेपछि स्थानीयबासी समस्याको दिगो समाधानका लागि स्थानीय, प्रदेश र संघीय सरकारलाई आग्रह गरेका छन् ।

कमलानदीले विगत २०४० देखि नै कमलाखोँच क्षेत्रको उर्वरभूमिको कटान शुरु गरेको थियो ।

कमलाखोँच क्षेत्रको रानीवास, हर्षाही, दुधौली लगायतका क्षेत्रका दर्जनौं स्थानहरु खेतीका लागि उर्वर मानिन्छ ।

तर कटानको समस्याले त्यस्ता जमिनहरु वर्षेनी क्षयीकरण हुदै गएको हो ।

कमलाखोँच क्षेत्रको ८० हजार हेक्टर कृषि योग्य जमीनहरुमध्ये करिव २० हजार क्षेत्रफल कमलानदीले कटान गरी बगर बनाएको छ ।