२७ माघ २०८१, आइतबार | Sun Feb 9 2025


घाँस काट्न निस्केकी महिला मृतावस्थामा


0
Shares

काठमाडौं । डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका–९ कलेनामा एक महिला मृतावस्थामा फेला परेकी छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले घरनजिकैको जङ्गलमा घाँस काट्न गएकी ४५ वर्षीया राजु कामी आइतबार साँझ मृतावस्थामा भेटिएको जानकारी दिए ।

शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

यता, काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–८ स्थित रोशीखोला नजिक तोरीबारीमा एक जना मृतावस्थामा फेला परेका छन् ।

आइतबार साँझ फेला परेका मृतकको  पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए । रासस