१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


मठ र मोहीबीचको जग्गा विवाद समाधान

सर्लाही, असोज ५ । पूर्व–पश्चिम राजमार्गस्थित सर्लाहीको रानीगञ्जमा देवता महाकाली मठ र मोहीबीच वर्षौंदेखिको विवाद समाधान भएको छ । लालबन्दी नगरपालिका–१७, रानीगञ्जमा ११ विघा पाँच कठ्ठा जग्गाको स्वामित्वको विषयमा लामो समयदेखि विवाद हुँदै आएको थियो । जनप्रतिनिधिको पहलमा विवाद समाधान गरी मठ र मोहीलाई आधा–आधा जग्गा बाँडफाँड गरिएको लालबन्दी नगरपालिका–१७, का वडाध्यक्ष नवराज अधिकारीले जानकारी…