काठमाडौं, असोज ४ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल विश्वमा कुनै पनि समूहका कारण निम्तने ध्रुवीकरणको पक्षमा नरहेको बताएका छन् ।
स्वामी सत्यदेवको आत्मवृत्तान्तमा आधारित पुस्तक ‘विचारप्रवाह’को शनिबार काठमाडौंमा लोकार्पण गर्दै उनले नेपाल कुनै पनि ध्रुवीकरणको पक्षमा नभएको र ध्रुवीकरणको पक्षमा लागेर कुनै मुलुकसँग साझेदारी नगर्ने प्रस्ट पारे ।
उनले नेपाल आफ्नो असंलग्न परराष्ट्र नीतिमा अडिग रहेको भन्दै छिमेकी मुलुकसँग जीवन्त सम्बन्ध राख्ने बताए ।
परराष्ट्रमन्त्री ज्ञवालीले गलत बुझाइका कारण प्रगतिशील पूर्वीय परम्पराले आफ्नो आकर्षण कायम गर्न नसकेको धारणा राखे ।
सार्वजनिक ६०० पृष्ठको विचारप्रवाह पुस्तकमा स्वामी सत्यदेवको जीवनकालमा जागृत चेतनालाई लिपिबद्ध गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्