चितवन, असोज ४ । चितवन मेडिकल कलेज र आन्दोलनरत् विद्यार्थीबीच सहमति भएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनको पहलमा शनिबार भएको वार्तामा दुवै पक्षबीच सहमति भएसँगै आन्दोलनका आगामी कार्यक्रम स्थगित भएका हुन् ।
चितवन मेडिकल कलेजले चिकित्साशास्त्रमा सरकारले तोकेको शुल्कभन्दा ६ लाखदेखि १२ लाख रुपैयाँसम्म अतिरिक्त शुल्क लिएको भन्दै विद्यार्थीहरु आन्दोलित थिए ।
कलेजले विद्यार्थीहरुबाट लिएको अतिरिक्त रकम ३० दिनभित्र फिर्ता तथा समायोजन गर्ने निर्णय भएको चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए ।
कलेजले विद्यार्थीहरुबाट लिएको रकमको यकिन गर्न सात सदस्यीय कार्यदलसमेत गठन गरिएको छ ।
कार्यदलले यही असोज १० गतेभित्र प्रतिवेदन दिनेगरी काम गर्ने सहमति भएको हो ।
प्रतिक्रिया दिनुहोस्